पौडेल वंश महासंघ

Who are we?

परिचय, उद्देश्य र कार्यक्रम

 पौडेल वंशका सन्ततीहरू वसोवास गरेका नेपाल राज्य भरको सवै क्षेत्र महासंघको कार्यक्षेत्र मानिने छ ।


विषय वा प्रसङगले अर्को अर्थ नलागेमा यस विधानमा “विधान” भन्नाले पौडेल वंश महासंघ नेपालको विधान  २०७६ लाई सम्झनु पर्छ ।‘‘पौडेल” भन्नाले, पौड्याल, पौड्यालय, पोडवाल समेतकोे थर उल्लेख गर्ने आत्रेय गोत्रका वंशपरम्पराभएका बन्धुहरूलार्ई जनाउँछ । “पौडेल वंश” भन्नाले आत्रेय–अर्चनाना–श्यावाश्व तीन प्रवर मान्ने पौड्यालय, पौड्याल, पौडेल, पोडूवाल थरका मुल पुर्खा आत्रेय ऋषिका सन्तानलाई सम्झनु पर्छ ।“महासंघ” भन्नाले पौडेल वंश महासंघ नेपालको विधान  २०७६ अनुसार स्थापित महासंघलाई जनाउँछ ।“सभा” भन्नाले यस विधान वमोजिम वसेको साधारणसभा र विशेष साधारण सभालाई समेत  जनाउँछ ।महाधिवेशन” भन्नाले प्रत्येक ४(चार) वर्षमा आयोजना हुने महाधिवेशनलाई जनाउँछ सो शब्दले विशेष महाधिवेशनलाई समेत जनाउँछ । “ऐन” भन्नाले संस्था दर्ता ऐन २०३४ लाई जनाउँछ ।नियम/विनियम” भन्नाले यस विधान अन्तर्गत वन्ने  नियम/विनियमलाई जनाउँछ ।“स्थानिय अधिकारी” भन्नाले प्रमुख जिल्ला अधिकारीलाई जनाउँछ ।“स्थानीय तह” भन्नाले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका,जिल्ला समन्वय समिति समेतलाई जनाउँछ ।“सदस्य संस्था” भन्नाले महासंघको विधानअनुसार सदस्यता प्राप्त गरेको संस्थालाई जनाउँछ । “साधारण सदस्य” भन्नाले विधान अनुसार सदस्यता प्राप्त गरेको संस्थालाई जनाउँछ । “कार्यसमिति” भन्नाले महासंघ केन्द्रिय कार्यसमिति र मतहतका समितिहरूलाई जनाउँछ ।  “कार्यालय” भन्नाले महासंघ र मतहतका कार्यसमितिका कार्यालयहरूलाई जनाउँछ  “प्रदेश समिति” भन्नाले यसको विधान अनुसार ७ प्रदेशमा गठन भएको पौडेल वंश महासंघ प्रदेश समितिलाई जनाउँछ । “जिल्ला समिति” भन्नाले यसको विधानअनुसार जिल्ला स्तरमा गठन भएको पौडेल वंश महासंघ को जिल्ला समितिलाई सम्झनुपर्दछ ।‘‘पालिका समिति” भन्नाले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकामा गठित समितिलाई जनाउँछ।“पदाधिकारी” भन्नाले महासंघका पदाधिकारीहरू एवम् सदस्यलाई वुझाउँछ ।नियम/विनियम” भन्नाले यस विधान अन्तर्गत वन्ने नियम/विनियमलाई जनाउँछ । “स्थानिय अधिकारी” भन्नाले प्रमुख जिल्ला अधिकारीलाई जनाउँछ  “स्थानीय तह” भन्नाले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका,जिल्ला समन्वय समिति समेतलाई जनाउँछ । “सदस्य संस्था” भन्नाले महासंघको विधानअनुसार सदस्यता प्राप्त गरेको संस्थालाई जनाउँछ । “साधारण सदस्य” भन्नाले विधान अनुसार सदस्यता प्राप्त गरेको संस्थालाई जनाउँछ  “कार्यसमिति” भन्नाले महासंघ केन्द्रिय कार्यसमिति र मतहतका समितिहरूलाई जनाउँछ । “कार्यालय” भन्नाले महासंघ र मतहतका कार्यसमितिका कार्यालयहरूलाई जनाउँछ । “प्रदेश समिति” भन्नाले यसको विधान अनुसार ७ प्रदेशमा गठन भएको पौडेल वंश महासंघ प्रदेश समितिलाई जनाउँछ । “जिल्ला समिति” भन्नाले यसको विधानअनुसार जिल्ला स्तरमा गठन भएको पौडेल वंश महासंघ को जिल्ला समितिलाई सम्झनुपर्दछ ।‘‘पालिका समिति” भन्नाले गाउँपालिका, नगरपालिका, उप–महानगरपालिका, महानगरपालिकामा गठित समितिलाई जनाउँछ  “पदाधिकारी” भन्नाले महासंघका पदाधिकारीहरू एवम् सदस्यलाई वुझाउँछ ।

पौडेल वंश महासंघ नेपाल २०७६ को उद्देश्य देहायवमोजिम हुनेछ :

  नेपालका विभिन्न जिल्लाहरूमा विभिन्न नामले दर्ता भएका पौडेल कूल वंशका संस्थाहरूलाई एकै छाता मुिन ल्याई एकातावद्ध गर्नु ।शान्ति संहिष्णुता र सामाजिक सद्भाव कायम राख्दै बैदिक सनातन धर्म, कुल पराम्परा र संस्कृतिको संरक्षण र सम्वर्धन गर्दै सुसभ्य, अनुशासित र चरित्रवान् समाज स्थापना गर्ने । कुल बन्धुहरूको उद्गम, विकास, बंश बिस्तार, संस्कार, संस्कृति र कुलपूजा देवाली, लुकुवा, भँयर, गोठपूजा, लगायतको पूजा विधी बिधानको खोजी गरि बंशावली समेतका विभिन्न कृतिहरू प्रकाशित गरि प्रबाह गर्ने । वैदिक सनातन धर्म र संस्कृति प्रति आस्था र विश्वास जगाउदै आध्यत्मिक चेतनाको अभिवृद्धिबाट सभ्य अनुशासित र चरित्रवान् नागरिक उत्पादनगर्ने कार्यमा राष्ट्रलाई सहयोग पुर्याउने ।सदस्य संस्थाहरूको आर्थिक र भौतिक संरचनाको विकासमा सहयोग पुर्याउने कूलदेवताभगवान वराहको कूलमन्दिर स्थापना गरी  पूजनकार्यलाई नियमित गराउने  महासंघका सदस्यहरूविच समन्वयएवम् सहकार्य गरी आफ्ना सदस्य सस्ंथाहरूलाई सामाजिक कार्यमा लाग्न अभिप्रेरीत गर्ने गराउने ।आफ्ना सदस्यहरूलाई सिपमुलक, आयमुलकतालिम, लागु पदार्थ विरुद्धको जनचेतना, बाताबरण तथा पशुपन्छि संरक्षण, जेष्ठ नागरिक सम्मान, कानुनी सचेतना, शिक्षा, स्वास्थय र खेलकुद सम्बन्धि विभिन्न कार्यक्रम मार्फत समाज विकासमा लाग्न अभिप्रेरित गर्ने  ।

यस महासंघको उपयुक्त उद्देश्यहरू प्राप्त गर्न देहायका कार्यहरू गर्नेछ :

 महासंघले प्रचलित नेपाल कानून वमोजिम सम्वन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गरेर मात्र आफ्ना उद्देश्य अनुसारका कार्यक्रमहरू कार्यान्वयन गर्नेछ । महासंघ र मतहतका समितिलाई आवश्यक पर्ने जग्गा जमिन खरिद गर्न वा अन्य कुनै तवरले प्राप्त गर्न, भवन निर्माणगर्न वा भाडामा लिन वा लिजमा लिन÷दिन सक्नेछ ।महासंघलाई आवश्यक पर्ने कम्प्यूटर, टेलिफोन, टाइपराइटर फ्याक्स जस्ता कार्यालय सामग्री तथा सवारी साधन, एम्बुलेन्स, शबबहान, खरिद गर्न सक्नेछ वा समूदायमा सेवा प्रदान गर्न सक्ने छ ।महासंघलाई आवश्यक पर्ने कर्मचारी, नियुक्त गर्ने तथा तिनको सेवाका शर्तहरू निर्धारण गर्नेछ ।  महासंघले आफ्नो उद्देश्य परिपूर्ति र कार्यान्वयनको निमित्त राष्ट्रिय, अन्तराष्ट्रिय, बहुराष्ट्रिय, सरकारी, अर्धसरकारी,  निजी संस्था एवम् स्थानिय निकाय तथा सरोकारवाला  प्राज्ञ, विज्ञ, विशेषज्ञ, प्राविधिक, उद्यमी व्यवसायीहरूसँग सम्पर्क समझदारी र समन्वय कायम गरि कार्य गर्न सक्नेछ ।महासंघले आफ्ना सदस्यहरूको अधिकतम हितका लागि आवश्यकता अनुसार विविध विकास गतिविधिहरू सञ्चालन गर्न सक्नेछ ।महासंघले आफ्ना कामकारवाही र गतिविधिहरूको जानकारी गराउने उद्देश्यले पर्चा, बुकलेट, ब्रोसर, बंशावली, पत्रपत्रिकाहरू प्रकाशन तथा विक्री गर्न, वेभ साईट खोलेर र विद्युतिय सञ्चार माध्यमबाट प्रचारप्रसार गर्न सक्ने छ । महासंघले आफ्ना सदस्यहरूका लागि आचारसंहिता तर्जुमा गरी लागू गर्ने गराउनेछ । पौडेल वंशजहरूको उद्गम सम्वन्धि थप खोज अनुसन्धान गरी कृतिहरू प्रकाशन गर्ने ।पौडेल वंशको नाममा पुस्तकालयको स्थापना गरी त्यसमा वेद, पुराण, गीता, स्मृतिग्रन्थ, नीति शास्त्र, रामायण, योग वाशिष्ट, वंशावली पुस्तक आदि महत्वपूर्ण ग्रन्थहरूका साथै हाम्रा वंश गौरब पण्डितराज तथा द्धितिय प्रधानमन्त्री रङ्गनाथ पौडेल, कविशिरोमणी लेखनाथ पौड्याल लगायत अन्य साहित्यकार र दार्शनिकहरूका कृतिहरू राखि अध्ययन र शोधकार्य गर्ने गराउने र सम्भव भए सम्म इ–लाईव्रेरीको व्यवस्था गरी अध्ययनशील एवम् सभ्य समाजको निर्माण गर्ने 

  वंश हितका लागि कोषस्थापना गरी सेवा प्रदान गर्ने । वंशावली संकलन प्रकाशन समिति गठन गरी यस अघि संकलित तथा प्रकाशित वंशावलीमा छुट भएका र संकलन गर्न वाँकी रहेका सन्ततिहरूलाई (छोरा बुहारी र छोरी समेत) समावेश गराउने । कूलदेवता भगवान वराहको कूलमन्दिर स्थापना गरीएका ठाउँमा पूजन कार्यलाई नियमित गराउने । महासंघका सदस्यहरूविच समन्वय एवम् सहकार्य गरी अनुगमन तथा मुल्याङकन गर्ने गराउने ।असहाय बृद्ध–बृद्धा, अशक्त तथा फरक क्षमता भएका सन्ततिहरूलाई सहयोग गर्ने । पौडेल वंशका ख्याति प्राप्त व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गर्ने ।आफ्ना सदस्य सस्ंथाहरूलाई सामाजिक कार्यमा लाग्न अभिप्रेरीत गर्ने गराउने । शिप मूलक तालिम, लागु पदार्थ विरुद्धको जनचेतना कार्यक्रम, वातावरण सरंक्षण, जेष्ठ नागरिक सम्मान, सम्वन्धी विभिन्न कार्यक्रमहरू आवश्यक स्रोत खोजी संचालन गर्ने गराउने । पुराणादी कार्य गर्ने तथा पुजा पद्धतीमा एक रुपता ल्याउन पहल गर्ने ।उद्येश्य प्राप्त गर्न आवश्यक सम्पूर्ण कार्य गर्ने ।