पौडेल वंश महासंघ

News

समाचार १: पौडेल वंश महासंघ नेपालको राष्ट्रिय एकता अभियान विस्तार काठमाडौँ।

पौडेल वंश महासंघ नेपालले देशभर छरिएर रहेका पौडेल वंशका सन्तती तथा संस्थाहरूलाई एकताबद्ध गर्ने उद्देश्यसहित आफ्नो कार्यक्षेत्र नेपालभर विस्तार गरेको छ। महासंघले विधान २०७६ अनुसार सातै प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म संगठन विस्तार गर्दै वंशीय एकता, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षणमा सक्रिय भूमिका निर्वाह गरिरहेको जनाएको छ।

समाचार २: कुलदेवता भगवान वराहको कुलमन्दिर स्थापना प्रक्रिया अघि बढ्दै काठमाडौँ।

पौडेल वंश महासंघ नेपालले कुलदेवता भगवान वराहको कुलमन्दिर स्थापना गरी नियमित पूजन कार्य सञ्चालन गर्ने निर्णय गरेको छ। महासंघका अनुसार यस कदमले वैदिक सनातन धर्म, कुल परम्परा र संस्कृतिको संरक्षण तथा भावी पुस्तामा आध्यात्मिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

समाचार ३: पौडेल वंशावली संकलन तथा प्रकाशन कार्य तीव्र काठमाडौँ।

पौडेल वंश महासंघ नेपालले वंशावली संकलन तथा प्रकाशन कार्यलाई तीव्र बनाएको छ। महासंघले अघिल्ला वंशावलीमा छुट भएका सन्ततीहरू (छोरा, बुहारी र छोरी समेत) समावेश गरी अद्यावधिक पुस्तेवारी पुस्तक प्रकाशन गर्ने जनाएको छ। यस कार्यका लागि विशेष वंशावली संकलन तथा प्रकाशन समिति गठन गरिएको छ।